१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ११:१६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २९ शुक्रबार ११:१६:००

चिसोयाममा तातो घाममा बस्न सबैलाई मन लाग्छ । तर, यही घामले तपाईंको छालालाई नकारात्मक असर पारिरहेको हुन्छ । त्यसबाट जोगिने उपाय सनस्क्रिन हो । जसले तपाईंका छालालाई घामबाट जोगाउन ठूलो मद्दत गर्छ । 

सनस्क्रिन भन्नासाथ गर्मीको समयमा मात्रै लगाउने भन्ने धेरैको भ्रम छ । तर, जाडो मौसममा पनि घामबाट जोगिन सनस्क्रिन प्रभावकारी हुन्छ । घरबाहिर निस्कनु १५ देखि ३० मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाइराख्नुपर्छ । जो मान्छे घाममा धेरै समयसम्म बस्छ, उसले  सनस्क्रिन लगाउनैपर्छ ।

सनस्क्रिन अनुहारमा मात्र होइन, कपडाले नछोपिने छालाको भागमा लगाउनु राम्रो मानिन्छ । कपडाले नढाकिने छाला तपार्ईंले सनस्क्रिन लगाउँँदा केही हदसम्म घामबाट जोगिन सहयोग गर्छ । 

चिसो मौसममा सकेसम्म शरीरका अधिकांश भाग ढाकिने कपडा लगाउनु उत्तम हुन्छ । यसले चिसोबाट छाला पनि जोगाउँछ । हानिकारक किरणको नकारात्मक प्रभावबाट बच्न पनि सहयोग गर्छ । 

सनस्क्रिनको छनोट गर्दा गुणस्तरमा भने ध्यान दिन जरुरी हुन्छ । बजारमा विभिन्न किसिमका सनस्क्रिन पाइन्छन् । बाहिर निस्किँदा आफ्नो अनुहारलाई मिल्ने खालको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सकेसम्म चिकित्सकको सल्लाहअनुसार सनस्क्रिनको प्रयोग गर्नु राम्रो हुन्छ । सबै सनस्क्रिन सबै प्रकारको छालाका लागि राम्रो मानिन्न ।