१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार ११:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सामाजिक सम्बन्धले कम गर्छ बुढ्यौलीको प्रक्रिया 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:३२:oo

मानिसको दीर्घायु र स्वास्थ्य अवस्था उसका साथीहरूको संख्यामा पनि निर्भर गर्ने नयाँ अध्ययनले देखाएको छ । मायो क्लिनिकको अनुसन्धानअनुसार सामाजिक सम्बन्धले सीधा रूपमा मानिसको शारीरिक स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ । जति धेरै नेटवर्क हुन्छ, मानिस उति नै स्वस्थ र जवान देखिन्छ । यसअघि सम्बन्धले मानसिक स्वास्थ्यलाई असर गर्ने कुरामा मात्रै जोड दिइएको थियो । तर, नयाँ अनुसन्धानले फरक निष्कर्ष निकालको छ । अनुसन्धानअनुसार एक्लोपनको अवस्थाले बिरामी हुने, अस्पताल भर्ना हुनुपर्ने र असामयिक निधन हुने खतरासमेत बढाउँछ । मानिसको सम्बन्ध उसको मानसिक र शारीरिक दुवै स्वास्थ्यका लागि उत्तिकै जिम्मेवार रहने अनुसन्धानको निष्कर्ष छ । 

शारीरिक असर 
आम रूपमा एक्लोपनलाई अवसाद वा उदासी भावनासँग जोडेर हेर्ने गरिन्छ । एक्लै बस्नेमाथि मानसिक दबाब पर्ने उनीहरूको बुझाइ हुन्छ । केही हदसम्म यो सही पनि हो । तर, मायो क्लिनिकको नयाँ रिसर्चले एक्लोपनका शारीरिक असर पनि उजागर गरेको छ । एक्लोपनमा मानिसहरूको शरीर उनीहरूको उमेरको दाँजोमा धेरै नै बुढो हुन सक्छ । उदाहरणका लागि ३५ वर्षको मानिससँग धेरै साथीभाइ छन् र ऊ खुसी छ भने उसको स्वास्थ्य राम्रो भएर ३० वर्षको जस्तो देखिन सक्छ । तर, ३० वर्षको उमेरमा सम्बन्ध बिग्रिएको मानिस एक्लोपनको सिकार भएर अस्वस्थ हुने र ४० वर्षको जस्तो देखिने पनि हुन सक्छ । 

सामाजिक नेटवर्कको प्रभाव 
अनुसन्धानअनुसार कुनै पनि व्यक्तिको सोसल नेटवर्क इडेक्सले उसको मानसिक र शारीरिक स्वास्थ्यलाई सीधा प्रभावित गरिरहेको हुन्छ । सोसल नेटवर्क इन्डेक्स सम्बन्धको संख्या मापन गर्ने एक तरिका हो । जसले कुनै पनि मानिसले समाज, परिवार र सम्बन्धमा कसरी अलग–अलग भूमिका निभाइरहेको छ भनेर बताउँछ । उदाहरणका लागि यदि कुनै मानिसले एक पिता, भाइ, साथी र शिक्षाका रूपमा फरक–फरक व्यक्तिसँग मित्रता राखेको छ भने उसको सोसल नेटवर्क इन्डेक्स ४ हुन्छ । 

सोसल नेटवर्क इन्डेक्समा ती मानिससँगको सम्बन्ध मात्रै गणना गर्न सकिन्छ, जोसँग उसले महिनामा कम्तीमा दुईपटक नियमित अन्तक्र्रिया गरेको हुन्छ । यसरी नै सम्बन्धले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ । कसैको शारीरिक र मानसिक स्वास्थ्य जान्नका लागि उसको सोसल नेटवर्क इन्डेक्स पनि ख्याल गर्न सकिन्छ । नयाँ रिसर्चअनुसार जति धेरै नेटवर्क हुन्छ, मानिस उति नै स्वस्थ र जवान देखिन्छ । 

एक्लोपनले असामयिक निधनको जोखिम
क्लिनिकले झन्डै दुई लाख ८० हजार मानिसमा अध्ययन गरेको हो । यस दौरान मानिसको स्वास्थ्यसम्बन्धी आँकडासँगै उनीहरूको सम्बन्धबारे पनि अनुसन्धान गरिएको थियो । नतिजा, जो मानिसका धेरै साथी थिए वा सामाजिक दायरा ठूलो थियो वा जो संयुक्त परिवारमा बस्छन्, उनीहरूमा बिरामी हुने दर पनि कम थियो । यदि बिरामी परिहाले पनि अस्पताल भर्ना हुनुपर्ने अवस्था कम आउँथ्यो । 

अर्कोतर्फ एक्लोपनको सिकार भएका मानिसहरू बिरामी हुने, अस्पताल भर्ना हुनुपर्ने र असामयिक निधन हुने जोखिम अत्यधिक पाइयो । अनुसन्धानअनुसार उस्तै रोगबाट ग्रस्त भएको अवस्थामा धेरै साथीभाइ वा सम्बन्ध भएका बिरामी कम प्रभावित भएको पाइयो । जबकि त्यही रोगले एक्लोपनबाट ग्रस्त बिरामीको अवस्था निकै खराब हुन्छ । 

मित्रताका सकारात्मक प्रभाव 
हेल्थ जर्नल इपिएसले निकटको मित्रता र सामाजिक सम्बन्धबारे अध्ययन गरेको छ । यसका अनुसार मित्रता र सामाजिक सम्बन्धले स्वास्थ्यमा ३५ अलग–अलग सकारात्मक प्रभाव पार्न सक्छ । जसले मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । केही मुख्य फाइदा यस्ता छन् :
- सुदृढ मानसिक स्वास्थ्य 
- डिप्रेसनको जोखिम १७ प्रतिशत कम
- अस्पताल भर्ना हुनुपर्ने दरमा कमी 
- दीर्घायु 
- बढ्दो उमेरमा पनि जवान देखिने 
- स्वास्थ्य आचरणमा ९ प्रतिशतले वृद्धि
- स्ट्रोकको जोखिम १७ प्रतिशत कम 

(एजेन्सीको सहयोगमा)

ad
ad