१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ पौष २८ बिहीबार १५:५४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री गिरीसहित दुई मन्त्रीले गरे शपथग्रहण

Read Time : < 1 मिनेट
२०७९ पौष २८ बिहीबार १५:५४:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसहित दुई मन्त्रीले पद तथा गोेपनीयताको शपथ लिएका छन्। बिहीबार प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा मुख्यमन्त्री गिरीसहित एमालेका तर्फबाट मन्त्री बनेका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट मन्त्री बनेकी कृष्णा केसीले शपथ ग्रहण गरेकी हुन्।

मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि दुवैजनालाई विनाविभागीय मन्त्री बनाइएको हो। माओवादीले अर्थ तथा सहकारी, भौतिक पूर्वाधार विकास मन्त्रालय एवं पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको दाबी गरेको छ। मुख्यमन्त्री एमालेको भएपछि महत्वपूर्ण मन्त्रालय आफूले पाउनुपर्ने माओवादीको दाबी छ। तर, यसमा एमालेले सहमति जनाएको छैन। उसले मुख्यमन्त्रीबाहेक चारवटा मन्त्रालय दाबी गरेको छ।

मुख्यमन्त्री गिरीलाई प्रदेश सभामा सत्तागठबन्धनका सात दलका ५६ र स्वतन्त्र दुई गरी ५८ सांसदको समर्थन छ। अहिले लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन्। यसलाई घटाउने गरी छलफल भइरहेको छ। १० वटा मन्त्रालय मात्रै राख्ने तयारी गरिएको बाँकेबाट निर्वाचित कृष्णा केसीले बताइन्। माओवादी केन्द्रले तीनवटा र अन्य साना दललाई तीनवटा मन्त्रालय दिने गरी छलफल अगाडि बढाइएको केसीले बताइन्।