मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २८ बिहीबार ११:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २८ बिहीबार ११:३९:००

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १७औँ वर्षमा प्रवेश गरेको अवसर पारेर दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिन अभियान सुरु गरेको हो ।

 यस अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरू छनोट गरी आवश्यकताअनुसार थोपा सिँचाइ करेसाबारीको निर्माण, तरकारीहरूको बिउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको जनाएको छ । दैनिक रूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै  परिमाणमा भए पनि आश्रमभित्रै उत्पादन गरी आत्मनिर्भरता र संलग्नताका लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएको छ । यसबाट संस्थामा बस्ने सदस्यहरूमा कृषि र फोहोर व्यवस्थापनबारे जागरुकता सिर्जना हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

 साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।