Skip This
अनुदानकाे सुधारिएकाे चुलाे नौ महिनादेखि बेवारिसे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Tuesday, 13 May, 2025
तस्बिर : खार्पुनाथ गाउँपालिका–५ नल्ला पुल नजिकै बेबारिसे रूपमा राखिएको सुधारिए को चुलो
२o७९ पौष २७ बुधबार १७:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुदानकाे सुधारिएकाे चुलाे नौ महिनादेखि बेवारिसे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १७:३१:oo

सिमकोट गाउँपालिकाभित्रका स्थानीय वासिन्दाका लागि निःशुल्क उपलब्ध गराउने भनिएकाे सुधारिएकाे चुलाे नौ महिनादेखि बेवारिसे बनेका छन्। 

गाउँपालिकाभित्र नागरिकलाई विवतरण गर्न भनी खरिद गरेको ३ सय ५७ वटा सुधारिएको चुलाे नौ महिनादेखि खार्पुनाथ गाउँपालिका–नल्ला पुलनजिकै बेवारिसे छोडिएको हो।

 गत वैशाख महिना सल्लिसल्लाबाट खच्चर ढुवानी गरी खार्पुनाथ गाउँपालिका नल्ला पुलनजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको पाइएको छ। 

नौ महिना पहिले ल्याएर छोडिएको सुधारिएको चुलाे अहिलेसम्म बेवारिसे रूपमा छोडिएको खार्पुनाथ गाउँपालिका कार्यपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिइन्।

२४० सिमकोट पुगे ११७ खार्पुनाथमै छोडिए

दुई सय सय ४० थान ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएको छ भने एक सय १७ खार्पुनाथमै बेवारिसे छोडिएको छ। ट्रयाक्टरबाट सिमकोट पुर्याइएको भाडा नदिएपछि २४० चुला ट्रयाक्टर मालिक कुल रावतको घरमा थन्किएको बताए। आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको रावलले गुनासो गरे।

चुलामा ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा लक्षित वर्गमा वितरण भनी लेखिएको छ। सिमकोट गाउँपालिकाको कुन वडाले खरिद गरेको पहिचानसमेत हुन सकेको छैन।

बेवारिसे छोडिएका चुलो घामपानीका कारण खिया लागेका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष ०७७–७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि टेन्डर प्रक्रियाद्वारा छनोट गरी ती चुलाे खरिद गरिएको बताए।

उनका अनुसार सिमकोटसम्म पुर्याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

प्रतिचुलाे साढे ८ हजार मूल्य 

सिमकोट गाउँपालिकामा खरिद गरिएको सुधारिएको चुलोको प्रतिचुलो मूल्य साढे ८ हजारमा खरिद भएको पाइएको छ।

प्रतिचुलो ८ हजार ५ सयका दरले एक हजार १ सय १६ घरधुरीका लागि वितरणको जिम्मा गाल्भा निर्माण सेवासँग सम्झौताको तथ्य फेला परेको छ, तर ७ सय ५९ चुलाेको अत्तोपत्तो छैन। ९४ लाख ९४ हजार पाँच सय रूपैयाँ लगानी खरिद गरिएको सुधारिएकाे चुला अलपत्र अवस्थामा छन्।

गाउँपालिका बेखबर
 
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सोबारे सुरुमा आफूलाई केही पनि थाहा नभएको र धेरैले जिज्ञासा राख्न आएपछि फाइल खोज्ने क्रममा ती चुलाे वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताए। 

‘दुई वर्षअघि नै पाइसक्नुपर्ने चुलाे अझैसम्म कसैले पनि पाएको देखिएन। अब यसको छानबिन सुरु गर्छौँ,’ खरिद तथा ढुवानीको जिम्मा पाएको गाल्भा निर्माण सेवाका प्रतिनिधि कृष्ण केसीले भने, ‘भौगोलिक विकटता र हिमपातका कारण सबै चुलाे हुम्लामा पुर्याउन पाइएन। विस्तृत कुरा गाउँपालिकाको कार्यालयमा गएर बुझ्नू।’ 

तस्बिर सौजन्य : नन्द सिंहबाट