Skip This
ओली-प्रचण्डको सम्बोधनमा गगनले देखेकाे 'विग्रह'काे संकेत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली-प्रचण्डको सम्बोधनमा गगनले देखेकाे 'विग्रह'काे संकेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १६:१९:oo

कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताए। 

सोमबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतीको विषय भएको बताएका हुन्। 

उनले अघिल्लोपटक वर्तमान सत्तारूढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे। 

निर्वाचनअगाडि एउटा गठबन्धन र निर्वाचनपछि अर्को गठबन्धनको स्वरूप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उनको भनाइ छ। 

महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रूपमा लिनुपर्ने उनको तर्क थियो। 

उनले भने, ‘संसद्को यात्रा प्रारम्भ भएको छ । सरकारमा बसिरहेका दलहरू एक ठाउँ टिकिराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतीको रूपमा लिएको छु।’ 

महामन्त्री थापाले संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनले उनीहरूबीचमा विग्रहको बीजारोपण भएको टिप्पणी गरे। 

‘पूर्वप्रधानमन्त्री केपी ओलीले हालको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अप्ठ्यारोमा पार्नुभएको मैले याद गरेँ। प्रतिनिधिसभा विघटन गरेको कुरा सोह्रैआना सत्य थियो । त्यो जनताको पक्षमा थियो,’ उनले भने, ‘त्यसलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भन्दै गर्दा हालका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दै गर्दा मलाई अलिकति सहानुभूति प्रकट गर्न मन लाग्यो । यो हेर्दा सामान्य अलमल देखिए पनि यसलाई मैले सामान्य अलमल मानेको छैन। बैठकमा उहाँहरूले गरेको सम्बोधनले के संकेत गर्छ भने यो विषय नै जुन विषय योभन्दा अघिल्लो प्रतिनिधिसभामा उहाँहरूको बीचको विग्रहको कारक बन्यो । यो विषयको बीजारोपण आज फेरि भयो।’