Skip This
सिराहा पुस्तकालय व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार कामती सर्वसम्मत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष २३ शनिबार १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा पुस्तकालय व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार कामती सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १८:१५:oo

सिराहा पुस्तकालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्रकुमार कामती चयन भएका छन्। 

पुस्तकालयको आज भएको साधारणसभाले पत्रकारसमेत रहेका कामतीलाई सर्वसम्मत रूपमा चयन गरेको हो। समितिको उपाध्यक्षमा भोगेन्द्र साह, कोषाध्यक्षमा हितेन्द्र गोहिबार र सदस्यमा सोनिता साह सर्वसम्मत रूपमा चयन भएका छन्। 

नयाँ पुस्तकालय जन्मिनुपर्छ : मानवअधिकारर्मी पहाडी

सिराहा पुस्तकालयको अधिवेशन उद्घाटन गर्दै मानवअधिकारवादी कृष्ण पहाडीले देशभर नयाँ पुस्तकालय जन्मिनुपर्ने बताएका छन्। 

पुस्तकालय ज्ञानको केन्द्र भएकोले पठन संस्कृतिको विकास गर्न थप पुस्तकालयहरू स्थापना गर्नुपर्ने पहाडीको धारणा रहेको थियो। ‘अहिले ट्याब्लेट, मोबाइलमा समिति भइरहेको छ,’ पहाडीले भने, ‘पुस्तकालय बौद्धिक आश्रयस्थल हो। देशभर पुस्तकालय स्थापनामा हुनुपर्छ।’

एक अलग प्रसंगमा मानवअधिकारवादी पहाडीले हुलाकी मार्ग, हुलाकी आवास परियोजना र हुलाकी उद्यम परियोजना सरकारले जोड दिनुपर्ने बताएका छन्। 

चुरे विनासले मधेसका हराभरा क्षेत्र मरुभूमिकरण भइरहेको भन्दै उनले सरकारले यसप्रति गम्भीर समीक्षा गर्नुपर्ने बताए। २०१२ सालमा स्थापना भएको सिराहा पुस्तकालयमा विभिन्न क्षेत्रबाट योगदान गर्नेलाई सम्मान गरिएको छ। 

लेखक एवं पत्रकार रामरिझन यादव, शुभनारायण कामती, मधेस प्रदेशका पूर्व प्रदेश सभा सदस्य जगतारैनदेवी साह सुडिन, पुस्तकालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ओमप्रकाश साह, साहित्यकार रामविलास साहलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।