Skip This
असन्तुष्टिहरू पार्टीबाहिर नराख्न नेता-कार्यकर्तालाई माधव नेपालको निर्देशन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १९ मंगलबार १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असन्तुष्टिहरू पार्टीबाहिर नराख्न नेता-कार्यकर्तालाई माधव नेपालको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार १८:oo:oo

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरूको प्रशंसा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीतका काम नगर्न सिंगो पार्टीपंक्तिलाई सचेत गराए। आफूलाई लागेका कुरा पार्टी कमिटीमै राख्न उनले निर्देशन दिए।

‘के कुरामा हामी प्रतिबद्ध हुनुपर्दछ भने कमिटी प्रणालीलाई बलियो गरी अगाडि बढाऔँ। जे–जे लागेको छ कमिटीमा राखौँ। फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरू बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने। यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ,’ उनले भने।

अध्यक्ष नेपालले पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको जिकिर गरे।