मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १९ मंगलबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

ठूला आयोजनामा आफैंले पनि अनुगमन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार १५:२३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। दुईदिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्।

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा देखिएका समस्या समाधान गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए। त्यस्तै, प्रदेशसँगको समन्वयलाई प्रभावकारी बनाउन पनि उनको निर्देशन छ। सुशासन कायम गर्न कटिबद्ध भएर काम गर्न पनि उनले सचिवहरूलाई निर्देशन दिए।

ठूला आयोजनामा आफैँले अनुगमन गर्ने घोषणा पनि प्रधानमन्त्री प्रचण्डले गरेका छन्। प्रधानमन्त्री भएपछि पहिलोपटक प्रचण्डले सचिवहरूलाई डाकेर गुनासो निर्देशन दिएका हुन्।