१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले नेता–कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१८:oo

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले नेता–कार्यकर्ताको भावनाविपरीत पार्टीले कुनै पनि निर्णय नगर्ने जनाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ज्ञवालीले बाहिर चलेको चर्चा र अनुमान अतिरञ्जना र हल्ला मात्रै भएकाले त्यसको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

उनले एमाले मात्र सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित रहेकाे उल्लेख गर्दै इतिहासका घटनालाई बिर्सन नसकिने उल्लेख गरे ।

उनले लेखेका छन्, ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चाफ अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका वेला सतिसालझैँ उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।’

ad
ad