मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ पौष १५ शुक्रबार ०६:११:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एउटै पालिकामा दुई प्रशासकीय अधिकृत !

Read Time : > 1 मिनेट
२०७९ पौष १५ शुक्रबार ०६:११:००

भ्रष्टाचार मुद्दामा प्रमुख कार्यकारी अधिकृत निलम्बित भएपछि हुम्लाको अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै व्यक्तिलाई निमित्त तोक्दा काम प्रभावित

स्थानीयका अनुसार शाही पालिकामा भन्दा बढी सुर्खेत बस्ने गरेका छन् । त्यहीँ बसेर पालिकाका अध्यक्षको आदेशमा काम गर्ने गरेका छन् ।  उपाध्यक्षले नियुक्त गरेका महतारा गाउँमै छन् । तर, उनले पनि पालिकामा प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ । अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवाग्राही मर्कामा परेका छन् ।

स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ, तर हुम्लाको अदानचुली गाउँपालिकामा दुईजना प्रशासकीय अधिकृत छन् । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको कामसमेत प्रभावित भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई र उपाध्यक्ष कर्ण रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका छन् । 

उपाध्यक्ष रोकायाले गाउँपालिकाको गत ९ साउनमा बसेको कार्यपालिका बैठकबाट महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेका थिए । किनभने कार्यपालिमा उनको बहुमत थियो । तर, अध्यक्ष सिंहले त्यसको बेवास्ता गर्दै शाहीलाई निमित्त दिएपछि एउटै पालिकामा दुईजना प्रमख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् । कांग्रेसबाट निर्वाचित सिंह र माओवादीका निर्वाचित रोकायाबीच सुमधुर सम्बन्ध छैन । 

अध्यक्ष सिंहले शाहीलाई आफू जहाँ गयो त्यहीँ लिएर जाने गरेका छन् । उपाध्यक्ष रोकायाले पनि त्यस्तै गर्ने गरेका छन् । शाहीले गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार हेर्दै आएका छन् । स्थानीयका अनुसार शाही पालिकामा भन्दा बढी सुर्खेत बस्ने गरेका छन् । त्यहीँ बसेर पालिकाका अध्यक्षको आदेशमा काम गर्ने गरेका छन् । 

उपाध्यक्षले नियुक्त गरेका महतारा गाउँमै छन् । तर, उनले पनि पालिकामा प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ । अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवाग्राही मर्कामा परेका छन् ।

उपाध्यक्ष रोकायाले अध्यक्ष सिंहले कार्यपालिकाको निर्णयविपरीत निमित्त कार्यकारी तोेकेको बताए । ‘प्रमुख कार्यकारी अधिकृत निलम्बनमा परेपछि अध्यक्षले सल्लाह गर्नुपथ्र्यो, गरेनन् । पछि कार्यपालिकाले हंस महतारालाई निमित्तको जिम्मेवारी दियो । तर, त्यसविपरीत अध्यक्षले मनपरी ढंगले मेगनाथ शाहीलाई निमित्त तोके,’ रोकायाले भने, ‘अब उनी आफ्नो ढंगले चलाउँछन्, म आफ्नो ढंगले चलाउँछु ।’ यस विषयमा कुरा गर्न खोज्दा अध्यक्ष सिंह भने सम्पर्कमा आउनै चाहेनन् ।