Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १३ बुधबार ११:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १३ बुधबार ११:४६:००

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३:३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जनाइएको छ । प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि दलको नेताका रूपमा संघीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी रहेको छ । जसपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । 

यही पुस १८ र १९ गते राजनीतिक समितिको बैठकपछि मात्रै सो विषयमा निर्णय हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।