१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रासस चितवन
२o८१ बैशाख २३ आइतबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

इन्टरनेट सेवा प्रदायकलाई पोलभाडा तिर्न प्राधिकरणको आग्रह

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३४:oo

चितवनको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोलभाडा सम्झौतामा ढिलाइ गरेका छन्।

आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोलभाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन्। विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका  राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोलभाडा सिफारिस लिएर प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ। अहिलेसम्म कुनै कम्पनी नआएको उनले बताए। उनले भने, ‘पोलभाडा सम्झौताका लागि अहिलेसम्म एउटा कम्पनी पनि आएको छैन।’

प्राधिकरणले पालिकाअनुसार पोल भाडा कायम गरेको छ। यसअनुसार महानगरभित्र एक किलोमिटरका लागि रु. नौ हजार र नगरपालिका एवं गाउँपालिकाका लागि रु. सात हजार रहेको उनले जानकारी दिए।

आर्थिक वर्षको पाँच महिना पूरा हुँदासमेत पोलभाडा सम्झौता गर्न इन्टरनेट प्रदायक संस्था नआएपछि केन्द्रले अभियान सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए। निर्वाचन, चाडपर्वका कारण काम गर्न नपाएको बताउँदै उनले यही पुस १५ गतेदेखि पोलभाडा सम्झौताका लागि अभियान सञ्चालन गर्ने बताए।

अभियानमा सुरुआती समयमा प्रदायक संस्थालाई बोलाएर सम्झौताका लागि आग्रह गर्ने र अटेर गरे सामान जफत गर्ने उनले बताए। अघिल्लो आर्थिक वर्षमा यहाँ रहेका इन्टरनेट प्रदायक संस्थाले रु. एक करोड ८५ लाख पोलभाडाबापतको रकम बुझाएको भए पनि यस वर्ष सम्झौताका लागि नआएका हुन।

उनले भने, ‘यस वर्ष पोलभाडाबापतको रकम करिब रु. दुई करोड उनीहरूले प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ।’ यस वितरण केन्द्रअन्तर्गत भरतपुर महानगरपालिका– १ देखि १६ सम्म, यस्तै वडा नम्बर २२ र २९ पर्छन्। इच्छाकामना गाउँपालिकासमेत यसै केन्द्रअन्तर्गत पर्ने उनले जानकारी दिए।

ad
ad