Skip This
नाबालिका छोरी बलात्कारको आरोपमा बाबु पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ पौष ६ बुधबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाबालिका छोरी बलात्कारको आरोपमा बाबु पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार १४:१२:oo

नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा एकजना पक्राउ परेका छन्। आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी बलात्कारको घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए।

उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी  अनुसन्धान थालिएको छ।
आफ्नै नाबालिका छोरीमाथि बलात्कारको आरोप लगाएका ती पुरुषमाथि कानुनी कारबाही अघि बढाउन महिला अधिकारकर्मीले माग राखेका छन्।