१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस बैंकक
२o८१ बैशाख १९ बुधबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

थाइल्यान्डमा पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

Read Time : < 1 मिनेट
रासस, बैंकक
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:o९:oo

थाइल्यान्डको दक्षिणपूर्वी तटमा सोमबार डुंगा डुब्दा कम्तीमा ३१ जना नाबिक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएका छन्।

एचटिएमएस सुखोथाईले थाइल्यान्डको खाडीमा गस्ती गरिरहेको वेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो। नौसेनाले सार्वजनिक गरेका तस्बिरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ।

नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता सैनिकको खोजी भइरहेको जानकारी दिए। उनले भने, ‘हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौँ।’ जहाजको ‘अपरेटिङ सिस्टम’ले काम गर्न छाडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,’ उनले सोमबार बिहान बताए।

जहाजमा रहेका एक सय ६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकाेप्टर, दुईवटा फ्रिगेट र एउटा पानीजहाजको सहयोगमा उद्धार गरिएको छ। बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ।

करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ।

ad
ad