१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ४ सोमबार १२:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नगरपालिकाहरूमा अव्यवस्थित सहरीकरण बढेको छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ४ सोमबार १२:३४:००

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अधिकांश नगरपालिकामा अव्यवस्थित सहरीकरण बढेको बताएका छन्। अव्यवस्थित सहरीकरणबाट गुज्रिँदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रमा परिणत भइरहेकाे उनको भनाइ छ।

सोमबार नेपाल नगरपालिका संघको आठौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरू, योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको औँल्याए।

‘काठमाडौंलगायत सबै नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्छ। तसर्थ सबै प्रतिनिधिहरूलाई वातावरणमैत्री सहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिन चाहन्छु,’ उनले भने।

स्थानीय सरकारले आफ्नो कामकारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ। उनले स्थानीय तहको सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्दै लैजान आवश्यक रहेको बताए।