१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
श्रवण थापा सर्लाही
२०७९ पौष ३ आइतबार ०९:०६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा पुन: दवाडी निर्वाचित

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ पौष ३ आइतबार ०९:०६:००

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा रामबहादुर दवाडी पुनः निर्वाचित भएका छन् । शनिबार राति अबेर सम्पन्न संघको चौथो अधिवेशनबाट दवाडी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । दवाडी १२ मतान्तरले कुमार प्रधानलाई पछि पार्दै विजयी भए । विजयी दवाडीले ४८ मत प्राप्त गर्दा प्रधानले ३६ मत मात्र पाएका छन् । संघको सर्वसहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि दवाडी र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । 

त्यस्तै, ४५ मतसहित संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार खड्का विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर बस्नेतले ३७ मत प्राप्त गरे । पहिलो उपाध्यक्षमा ४७ मतसहित अनिलकुमार अमात्य, दोस्राे उपाध्यक्षमा ४८ मतसहित कालीप्रसाद सापकोटा विजयी भएका छन् । यसैगरी, सचिवमा ४२ मतसहित हरिचन्द्र दास निर्वाचित भए । दासले ब्रह्मदेव रायलाई दुई मतान्तरले पछि पारे । 

संघको सहसचिवमा रोशन भट्टराई ४८ मतसहित विजयी भएका छन् । अन्य पदमा प्रतिस्पर्धा भइरहँदा संघको कोषाध्यक्ष पदका उम्मेदवार बालकुमार पोते भने निर्विरोध निर्वाचित भए । संघको सदस्यहरूमा दहालप्रसाद मैनाली, सूर्यप्रसाद दाहाल, लालदेव दास, नारायणप्रसाद सापकोटा, जयमान पाख्रिन, नवराज भट्टराई र विष्णुबहादुर दर्लामी निर्वाचित भएका छन्।

निर्वाचितमध्ये १२ जना दवाडी प्यानल र एकजना सदस्य प्रधान प्यानलका हुन् । शनिबार राति नै निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक शम्भु मैनालीले पद तथा गोपनीयताको शपथग्रहण गएको संघका संस्थापक अध्यक्ष राजन केसीले जानकारी दिए ।