१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १९:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय ‘ओभरलोड’ गाडी नियन्त्रण गर्न ट्रक व्यवसायीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १९:५o:oo

ट्रक व्यवसायीले भारतीय मालवाहक ट्रकका कारण आफ्नो व्यवसाय धराशायी भएको भन्दै भन्सारबिन्दुबाटै नियन्त्रण गर्न माग गरेका छन्। नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार भैरहवामा विरोध–सभा गरी आन्दोलनको चेतावनी दिएको छ।

उनीहरूले शुक्रबार भैरहवा भन्सार कार्यालयअगाडि धर्ना दिँदै पल्टी गर्न नमिल्नेबाहेकका अन्य सबै मालवाहक भारतीय गाडी भन्सारबिन्दुबाटै पल्टी गरेर फिर्ता पठाउनुपर्ने माग राखेका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ओभरलोड गाडीका कारण आफ्नो पेसा संकटमा परेको भन्दै व्यवसायीका माग सम्बोधन गर्न आग्रह गरे। उनले माग पूरा नभए नेपाली ट्रक व्यवसायीले आन्दोलन चर्काउने चेतावनीसमेत दिए।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, वाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रूपमा भैरहवा भन्सार कार्यालयअगाडि विरोध–सभा गरेका थिए।

भारतबाट आउने ठूला प्रकृतिका सामानलाई केही नगरे पनि पल्टी गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामग्रीको हकमा ओभरलोड नियन्त्रण गरिनुपर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले बताए।

भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुललगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेसा नै संकटमा पर्न थालेपछि  आन्दोलनको विकल्प नरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

उनले नेपाल सरकारले भारतीय ओभरलोड गाडी व्यवस्थापन गर्नुपर्ने र यसो नगरे भारतीय ओभरलोड रहेका सामान नेपाल छिर्न नदिने चेतावनी दिए।

मालवाहक सवारीसाधनको भारवाहन नियमनसम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोडसम्बन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सारबिन्दुमै पल्टी गराउने व्यवस्था छ।

नेपालका सडक र पुलको क्षमताअनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालवाहक यस्ता सवारीसाधनले आफ्नो क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन्। भन्सारले ओभरलोड भएका वस्तुहरू भन्सारबिन्दुमै मिलान गर्नुपर्ने र यसो नगरे भन्सारकै अगाडि धर्ना बस्ने पाण्डेले बताए।

ad
ad