१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकले पायो ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४o:oo

सिद्धार्थ बैंक लिमिटेडले ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड प्राप्त गरेको छ । न्यु बिजनेस एज प्रालिले आयोजना गरेको सातौँ न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस्मा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । 

अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेको बैंकले जनाएको छ । आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न प्रेरणा थपिएको बैंकले जनाएको छ । 

बैंकले हाल देशभरमा चार एक्सटेन्सन काउन्टरसहित एक सय ९३ शाखा, दुई सय १५ एटिएम, एक सय १८ शाखारहित बैंकिङ र एक हजार आठ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad