१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मोरक्को र फ्रान्सका समर्थकबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५८:oo

विश्वकप फुटबल प्रतियोगितामा फ्रान्ससँग २–० ले पराजित भएपछि मोरक्कोका समर्थक झडपमा उत्रिएका छन् । यो घटना विश्वकप आयोजना भइरहेको कतारमा भएको होइन ।

फ्रान्सको राजधानी पेरिसमा मोरक्को र फ्रान्सका समर्थकबीच झडप भएको एजेन्सीले जनाएको छ । कतारमा सञ्चालन भइरहेको विश्वकपको दोस्रो सेमिफाइनलको अन्तिम नतिजा आएपछि मोरक्कोका समर्थकले फ्रान्सका समर्थकसँग झगडा गरेका थिए । 

प्रहरीले दुई समर्थकबीचको उपद्रोलाई रोक्न निकै प्रयास गरेको थियो । भागदौडका क्रममा मोरक्कोका १४ वर्षीय समर्थकको गाडीको ठक्करबाट निधन भएको प्रहरीले जनाएको छ ।

‘भागदौडका क्रममा एक मोरक्कोका समर्थकको निधन भएको छ,’ प्रहरीले भनेको छ, ‘ती बालक भाग्ने क्रममा गाडीमा ठोक्किएको थियो, उपचारका क्रममा उनको निधन भयो ।’

यसैगरी ब्रुसेल्समा सय मोरक्कोका समर्थकले सडकमा हुलदंगा गरेका छन् । उनीहरूले सडकमा आगो बाल्ने तथा ढुंगा प्रहार गरेका थिए । प्रहरीले हुलदंगा गर्ने मोरक्कोका समर्थकलाई नियन्त्रणमा लिएको छ ।

ad
ad