१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी इस्लामावाद
२o८१ बैशाख १९ बुधबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गोली हानाहानमा ६ को मृत्यु, १७ घाइते

Read Time : < 1 मिनेट
एजेन्सी, इस्लामावाद
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:o२:oo

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । 

बलुचिस्तान–कंधार सीमामा गोली हानाहान भएको हो । मृत्यु हुनेमा ६ जना पाकिस्तानी छन् । अरू १७ जना घाइते भएको बिबिसीले जनाएको छ । 

पाकिस्तानी सेनाले गोली हानाहानपछि अफगानी सुरक्षाकर्मीले विनाकारण आक्रमण गरेको र आक्रमणमा आर्टिली तथा गोला–बारुदको पनि प्रयोग गरेको दाबी गरेको छ । 


समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बिबिसीले पाकिस्तानको जवाफी कारबाहीमा एक अफगानी सैनिकको मृत्यु भएको तथा कम्तीमा दशजना घाइते भएको जनाएको छ । 

घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले निन्दा गरेका छन् । ट्विटरमार्फत धारणा व्यक्त गर्दै सरिफले अफगानी सेनाको तर्फबाट अकारण भएको गोलाबारीबाट पाकिस्तानका केही सैनिक सहिद भएको तथा एक दर्जनभन्दा बढी घाइते भएको जनाएका छन् । 

ad
ad