१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

टुबोर्ग ओपनको खोलौँ रमेरमा १० मिलियन प्लस भ्युज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:१२:oo

टुबोर्ग ओपन २०२२ को प्रस्तुति ‘खोलौँ रमेर’ गीतले युट्युबमा १० मिलियन भ्युज पार गरेको छ । यस गीतमा भेकको प्रस्तुति छ । उनले अमेरिकन संगीतकर्मी जेसन डेरुलोको निर्देशन तथा सुझाव प्रयोग गरी गीत बनाएका हुन् । 

टुबोर्गले विगत पाँच वर्षदेखि टुबोर्ग ओपन अभियानमार्फत निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सहभागितामा सांगीतिक क्षेत्रलाई प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । 

नेपाललगायत भारत, चीन, टर्की, सर्बिया तथा अन्य देशमा पनि टुबोर्ग ओपन अभियानद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सिर्जना गर्ने काम गरिएको कम्पनीले जनाएको छ । 

टुबोर्ग ओपनको यस वर्षको थिम ‘टक द स्टेज’ रहेको छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय विश्वप्रख्यात कलाकारले उदाउँदा स्वदेशी कलाकारहरूलाई मेन्टरसिप प्रदान गरी उनीहरूलाई राम्रो गीत बनाउने र सांगीतिक उद्योगमा सफल बन्ने विषयमा मार्गदर्शन दिएका छन् । त्यही थिमअन्तर्गत केही समयअघि लस एन्जलसस्थित स्टुडियोमा भएको मेन्टरिङ सत्रमा नेपालका उदीयमान कलाकार भेकले डेरुलोसँग समय बिताउने मौका पाएका थिए । 

‘मेरो गीत खोलौँ रमेरले यति धेरै माया पाएको देखेर म निकै खुसी छु । म टुबोर्गलाई धेरै धन्यवाद दिन चाहन्छु, जसले मलाई यो अवसर दियो र यस गीतको सफलतालाई सम्भव बनायो,’ आफ्नो गीतले १० मिलियन भ्युज पार गरेपछि भेकले भने । गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टले टुबोर्ग र नेपाली सांगीतिक क्षेत्रबीचको नाता वर्षौंदेखि अटुट र गहिरो रहेको बताए । 
 

ad
ad