मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २२ बिहीबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पूर्वउपसभापति निधि र स्वीस राजदूतबीच भेटघाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार १३:o४:oo

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ। निधिनिवास बानेश्वरमा बिहीबार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा कुराकानी भएको थियो।

स्वीस राजदूत एलिजावेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताइन्। कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आउन तयार भएको, तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइन्। निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गरेका थिए।