Skip This
गंगालाल अस्पतालले पूरा गर्‍यो २० हजार ओपन हर्ट सर्जरी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २० मंगलबार o८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गंगालाल अस्पतालले पूरा गर्‍यो २० हजार ओपन हर्ट सर्जरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार o८:o४:oo

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हालसम्म २० हजार ओपन हर्ट शल्यक्रिया पूरा गरेको छ । मुटुरोगको उपचारमा लागि देशकै ठूलो सरकारी अस्पतालले सोमबार प्रतिवेदन जारी गर्दै हालसम्म २० हजार ओपन हर्ट शल्यक्रिया गरेको जनाएको हो ।

हालसम्म देशभर भएका करिब २५ हजार ओपन हर्ट सर्जरीमध्ये गंगालालमा मात्रै २० हजार शल्यक्रिया गरिएको हो । अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. रामेश कोइरालाले गंगालाल अस्पतालले ठूलो संख्यामा सफल शल्यक्रिया गर्नु ठूलो उपलब्धि भएको बताएका हुन् । 

हाल दुई सय ३९ शय्याबाट सेवा दिइरहेको गंगालाल अस्पतालले ओपन हर्ट सर्जरीका साथै यस वर्षदेखि केन्द्रमा शल्यक्रिया नगरीकनै चारवटा मुटुका भल्भ प्रत्यारोपण गरेको छ । शल्यक्रिया नगरीकनै ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेसन प्रविधिबाट मुटुको भल्भ प्रत्यारोपण सुरु गरेको हो ।

अस्पतालले पछिल्लो २५ वर्षमा ८० हजार बिरामीका विभिन्नखाले क्याथ प्रोसेड्युअर र २५ हजार बिरामीको मुटुको शल्यक्रिया गरेकोे जनाएको छ । स्थापनाकालदेखि हालसम्म १९ लाख बिरामीको उपचार गरेको जनाएको गंगालाल अस्पताल नौ शय्याबाट सुरु भएको थियो ।