मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १९ सोमबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार १६:१४:००

गृहमन्त्री बालकृष्ण खाण र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्डनिवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ।

भेटमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेका छन्। मंसिर ४ मा भएको निर्वाचनमा गठबन्धन गरेर लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको जनाइएको छ।

प्रचण्ड अहिले बालुवाटारमा जारी सत्तागठबन्धनकाे बैठकमा सहभागी छन्।