मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार ०७:१०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ज्योतिष रुद्रनाथ अधिकारीविरुद्ध पक्राउ पुर्जी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार ०७:१०:००

ज्योतिष रुद्रनाथ अधिकारी वन्यजन्तुको अखेटोपहार कारोबारमा संलग्न रहेको पाइएको छ । अखेटोपहार कारोबारमा संलग्न रहेको आरोपपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 

डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको हो । तर, उनी पक्राउ भने परिसकेका छैनन् । वनका अनुसन्धान अधिकृत अरुण गुप्ताले रुद्रनाथविरुद्ध पक्राउ पुर्जी जारी भएको र अनुसन्धान जारी रहेको बताए । 

उनले भने, ‘रुद्रनाथविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिले उनीविरुद्ध अनुसन्धान चलिरहेको छ । खोजीका निम्ति प्रहरीलाई पत्र लेखेका छौँ । खोजी जारी होला ।’

प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटेल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहार बरामद गरेको थियो । घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्रौलालाई त्यही दिन पक्राउ गरेको थियो । उनी प्रहरी हिरासतमा छिन् । फसाउने नियतले अखेटोपहार होटेलमा ल्याएर राखेको बयान पक्राउ परेका संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

 अनुसन्धानमा संलग्न गुप्ताले भने, ‘संग्रौला र अधिकारीबीच विगतदेखिकै आन्तरिक विवाद देखिन्छ । यही क्रममा संग्रौलाले सञ्चालन गरेको होटेलमा आखेटोपहार भेटियो । हामीले संग्रौलालाई पक्राउ गर्‍यौँ । ज्योतिष अधिकारीले फसाउने उद्देश्यले अखेटोहार होटेलमा ल्याएर राखेको बयान संग्रौलाले हामीसँग दिइन् । सोही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।’

पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्र काटिसकेको छ । रुद्रनाथको खोजी भइरहेको सिआइबीले जानकारी दिएको छ । रुद्रनाथ चलेका ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्युबमार्फत सर्वसाधारणको कर्म र भाग्य सम्बन्धमा भविष्यवाणी गर्दै आएका छन् ।