१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १८ आइतबार ०८:५६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गण्डकी प्रदेश सभामा दोहोरिए चार सांसद

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १८ आइतबार ०८:५६:००

गण्डकी प्रदेश सभामा निवर्तमान चारजना सदस्य पुनः दोहोरिएका छन् । उनीहरूमध्ये एकजना निर्विरोध र तीनजना निर्वाचनमार्फत विजयी भएका हुन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रहेका ३६ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दुई सय ३५ मध्ये ११ जना निवर्तमान सदस्य थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष र २४ जना सामानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षतर्फ ११ जनासँगै समानुपतिकतर्फ एकजना गरी १२ जना पुनः प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा थिए । प्रत्यक्षतर्फको दौडमा रहेका ११ मध्ये चारजना विजयी भएका छन् । अन्य सातजना पराजित भएका छन् । 

प्रदेशका ११ जिल्लामध्ये कास्कीबाट चारजना निवर्तमान सांसदले उम्मेदवारी दिएका थिए । उनीहरूमध्ये दुईजना फरक–फरक क्षेत्र र दुईजना एक क्षेत्रबाट उम्मेदवार बनेकोमा एकजना विजयी र तीनजना पराजित भए ।

मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध भएका हुन् । ०७४ मा समेत उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

०७४ को निर्वाचनमा कास्की २ (ख) बाट निर्वाचित गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्रीसमेत रहेका कांग्रेसका बिन्दुकुमार थापा, तनहुँ १ (ख) बाट निर्वाचित माओवादीका हरिबहादुर चुमान र नवलपुर १ (ख) बाट एमालेका रोशनबहादुर गाहा थापा गरी चारजना सांसद पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । 

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिएका ११ मध्ये नौजना फरक–फरक क्षेत्रबाट उठेका थिए । दुईजना भने एउटै क्षेत्रका भिडेका थिए । यसअघि समानुपातिकतर्फकी निवर्तमान सांसद एमालेकी मनिा गुरुङ यसपटक कास्की २ (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् । उनी कांग्रेसका बिन्दुकुमार थापासँग पराजित भइन् । गण्डकीमा निर्वतमान दुई सांसद एकै क्षेत्रबाट उम्मेदवार भएको क्षेत्रसमेत कास्की २ (ख) हो । 

पराजित हुने अन्य निवर्तमान प्रदेश सभा सदस्यमा कास्की १ (क) बाट निर्वाचित माओवादीका दीपक कोइराला, कास्की ३ (ख) बाट निर्वाचित एमालेका राजीव पहारी, तनहुँ १ (क) बाट निर्वाचित एमालेका रामबहादुर गुरुङ, मुस्ताङ १ (क) निर्वाचित एमालेका इन्द्रधारा डादु विष्ट, स्याङ्जा २ (क) बाट निर्वाचित एमालेका मोहनप्रसाद रेग्मी छन् । 

०७४ मा समानुपातिकतर्फबाट निर्वाचत एमालेका चन्द्रमोहन गौचन यसपटक मुस्ताङका १ (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकामा पराजित भए । समानुपातिक निर्वाचनमार्फत दोहोरिने दौडमा रहेकी राष्ट्रिय जनमोर्चाकी पियारी थापा सांसद बन्न नपाउने भएकी हुन् । ०७४ को निर्वाचनमा समेत समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभाको यात्रा तय गरेकी थापाको पार्टीले यसपटकको निर्वाचनमा समानुपातिकमा एक सिट पनि नपाउने भएपछि पुनः प्रदेश सभा छिर्ने उनको बाटो बन्द भएको हो ।