मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर १७ शनिबार ११:३९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पुस्तक बिक्रीको रकम अपांग केन्द्रलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार ११:३९:oo

कुलचन्द्र गौतमले आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग गरेका छन्। उनले केहि समय पहिले नेपाली पात्रको निजी अनुभवलाई समेटिएको पुस्तक ‘कुलचन्द्र गौतम ः आत्मकथा’  सार्वजनिक गरेका थिए। गौतमले सो पुस्तक बिक्रीबाट संकलन हुने रकम अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रलाई प्रदान गर्ने घोषणा गरेका थिए।

३१औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार पुस्तकबाट संकलन भएको नगद पाँच लाख गौतमका भाइ रामचन्द्र गौतमले रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीमार्फत आशा अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे र व्यवस्थापक ग्रंगा रायमाझीलाई प्रदान गरेका हुन्।

आफूले आशा अपाङ्ग केन्द्रको अवलोकनको क्रममा संस्थाको कर्म देखेर निकै प्रभावित बनेपछि ग्रामीण क्षेत्रमा संचालित बालमैत्री कार्यक्रमलाई सघाउन आफुले पुस्तक बिक्री गरेको रकम सहयोग गरेको सहयोगी कुलचन्द्र गौतमले बताए। आशा अपाङ्ग केन्द्रले अपाङ्गता भएका ब्यक्तीहरुको शारीरिक तथा आर्थिक सबलिकरणको लागि सहयोग गर्दै आएको संस्थाका अध्यक्ष जनार्दन घिमिरेले जानकारी दिए।

गौतमको उक्त पुस्तकलाई पब्लिकेशन नेपालयले तयार पारेको हो। पुस्तकमा एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमले अध्ययनका लागि तत्कालीन सरकारले पासपोर्ट दिन नमानेपछि मन्त्रालयदेखि राजा महेन्द्रसम्म गरेको सङ्घर्षका विषय समेटिएको छ। गौतमले देशभित्रैबाट थालेको संघर्षले अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिवदेखी युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुराएको छ।

४७२ पृष्ठ लामो पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ। गुल्मीको इस्मा गाउँपालिका– ६ अमरपुरमा जन्मिएका कुलचन्द्रले हिमा गौतम स्मृति कोषमार्फत् शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य कामहरू गर्दै आएका छन्।