१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १७ शनिबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा ७० वर्षीय घर्तीमाथि खुकुरी प्रहार 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १७ शनिबार १०:४९:००

दाङको तुलसीपुरमा एक जेष्ठ नागरिकमाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर–३ सिस्नेरी निवासी ७० वर्षीय विजुली घर्तीमाथि खुकुरी प्रहार भएको हो ।

सामान्य विवादलाई लिएर स्थानीय जितबहादुर घर्तीले गयराति खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट विजुलीकोे टाउकोमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।