मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १६ शुक्रबार २२:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मूर्ति चोर्ने गिरोह पक्राउ

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार २२:२४:००

लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।  प्रहरीले बेसीसहर नगरपालिका ११ घर भई हाल  बेसीसहर  ८  बस्ने २४ वर्षीय राजु परियार, बेसीसहर– ८ का २० वर्षीय विनोद तामाङ र रौतहट घर भइ बेसीसहर– ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिशोर राउतलाई पक्राउ गरेको हो । 

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोलीले खोजतलास गर्दा चोरीका सामानसहित उनीहरू पक्राउ परेका हुन् । 

उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिरएको छ । प्रारम्भिक चरणको सोधपुछमा ७ वटा मन्दिरबाट चोरी गरेको उनीहरूले बताएका प्रहरीले जनाएको छ ।