१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार १९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले उपमहासचिवको प्रस्ताव- गठबन्धन भत्काएर संघ र सबै प्रदेशमा वाम सरकार बनाऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १९:१९:oo

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर संघ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन एमालेले नेतृत्व लिनुपर्ने बताएका छन्।

निर्वाचनको परिणामबाट देशमा अस्थिरताको कालो बादल मडारिएकाले वामपन्थी, प्रगतिशील र राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर स्थिर सरकार दिनुपर्नेमा जोड दिँदै गुरुङले त्यसका लागि एमालेले नै नेतृत्व लिनुपर्ने बताएका हुन्।

‘अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भनेर दुष्प्रचार भइरहेको छ। वाम–लोकतान्त्रिक गठबन्धन भनिए पनि दक्षिणपन्थीसँग वाम नामको शक्ति मिसिएकाले उनीहरूलाई बाहिर निकालेर हामीले दक्षिणपन्थी गठबन्धन तोड्नुपर्छ, वामपन्थी, राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिलाई एकजुट बनाएर एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ या एमालेको पहलमा सरकार बन्नुपर्छ,’ प्रेस चौतारी नेपालद्वारा शुक्रबार आयोजित बधाई कार्यक्रममा गुरुङले भने, ‘तत्काल युनिफाइड हुन नसके पनि कार्यगत एकतासहित अगाडि बढ्दा संघ र सातवटै प्रदेशमा एमालेले वामपन्थीहरूको सरकार बनाउने सामर्थ्य राख्छ।’ 

उनले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको उपलब्धि जोगाउँदै दक्षिणपन्थी शक्तिलाई परास्त गर्न सबै वाम शक्ति एक ठाउँमा उभिएर समाजवादतिर अगाडि बढ्ने कुरा नै अहिलेको मुख्य कार्यभार भएकाले एमालेले त्यसतर्फ ध्यान दिनुपर्नेमा समेत जोड दिए। 

नेकपा जोगाउन नसकेकोमा एमालेले पनि समीक्षा गर्नुपर्ने उनकाे भनाइ थियाे। एमालेका लागि चुनावी परिणाम न हार न जितको अवस्था बनेको भन्दै घेराबन्दीका बाबजुद पहिलो लोकप्रिय मत पाउनु आफैँमा ठूलो उपलब्धि भएको उनको भनाइ छ। 

तत्कालीन नेकपाको एकता जोगाउन नसक्नुका पछाडि एकता प्रक्रियामा संलग्न सबैको कमजोरी रहेको भन्दै गुरुङले एमालेले पनि आन्तरिक समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।