१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर १५ बिहीबार १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरको हुप्सेकोटमा जिप खस्दा १० घाइते, चारकाे अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १९:४३:oo

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ धौबादीको कान्छीपानीमा बिहीबार साँझ जिप दुर्घटना भएकाे छ। दुर्घटनामा १० जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार दुर्घटनामा घाइते भएका १० मध्ये चारकाे अवस्था गम्भीर छ। कावासोतीबाट पहाड उक्लिँदै गरेको गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जिप धौबादीको कान्छीपानीनजिकै दुर्घटनामा परेको हो।

जिप सडकबाट एक सय मिटर जति तल खसेको तिवारीले बताए। गम्भीर घाइते भएका चारमध्ये दुईजना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनीहरूको थप उपचारका लागि अस्पताल ल्याइँदै छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।