
काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जोडेर मधेसी समुदायलक्षित सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति मधेसी आयोगले चासाे लिएकाे छ। बालेन्द्रसहित मधेसी समुदायलक्षित भिडियोविरुद्ध आयोगमा उजुरी परेकाे छ।
विगत केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल साहसहित मधेसी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियोप्रति मधेसी आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको हाे।
मधेसी समुदायका अगुवाहरूले आयोगमा सो उजुरी दिएपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा उजुरी दर्ता गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयल र नेपाल प्रहरीलाई पत्राचार गरेको छ।
काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिले मेयर साह र मधेसी समुदायलाई होच्याउने र अपमानजनक शब्द प्रयोग गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।