मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार ०६:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनकामना केबुलकारले रिसोर्ट सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार ०६:४१:००

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने जनाएको हो ।

२०५५ सालदेखि सञ्चालनमा आएको केबुलकारमा हालसम्म करिब एक करोड ७० लाख यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको सहिद लखन गाँउपालिकालाई कुल आम्दानीको एक–एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वअनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठमन्दिर जीर्णोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिँदै आएको पनि कम्पनीले जनाएको छ ।