Skip This
सुरुंगा बालविवाहमुक्त नगरपालिका
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Tuesday, 13 May, 2025
सौरभ यादव राजविराज
२o७९ मङ्सिर १४ बुधबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरुंगा बालविवाहमुक्त नगरपालिका

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १८:२८:oo

सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको छ। आज एक समारोहको आयोजना गरी बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको हो।

घोषणासँगै सो नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका भएको छ। कुल ४९ हजार ६६८ जनसंख्या रहेको सो नगरपालिकालाई १४ वटा सूचकको आधारमा बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए।

नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, ०७९ मा उल्लेखित सूचकमा ९० प्रतिशतभन्दा बढी अंक हासिल भएपछि बालविवाहमुक्त नगर घोषणा गरिएको उनले समारोहमा बताए। 

सेभ द चिल्ड्रेन र सबल नेपालको साझेदारी तथा नगरपालिकाले आयोजना गरेको समारोहमा प्रमुख अतिथि क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद तेजुलाल चौधरी र नगर प्रमुख गीता चौधरीले अध्यक्षता गरेका थिए।