१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लघुवित्तको नगद लाभांश वितरणमा खुकुलो व्यवस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२१:oo

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था खुकुलो बनाएको छ । यसअघि नगद लाभांश वितरणका लागि राखिएको प्रावधान हटाएको हो । 

लघुवित्त वित्तीय संस्थाहरूले आर्थिक वर्ष ०७७/७८ मा खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो । तर,यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको ०७८ असार मसान्तमा कायम बचत÷निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुनेछैन ।

त्यस्तै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने उल्लेख थियो । तर, राष्ट्र बैंकले यी दुवै प्रावधान हटाएको छ । 

तर, वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस)वितरणको प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने प्रावधानलाई भने निरन्तरता दिइएको छ ।

ad
ad