१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o८:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चार जिल्लामा पुनः  मतदान र दुई जिल्लामा फेरि मतगणना गर्न एमालेको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:१५:oo

एमालेले चार जिल्लामा पुनः मतदान गर्न माग गरेको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बुथ कब्जा र अनियमितताको आरोप लगाउँदै एमालेले दोलखाका थप तीन केन्द्र, स्याङ्जा २ का चार मतदान स्थल, बाजुराका १७ केन्द्र, उदयपुर १ का विभिन्न स्थानमा पुनः मतदानको माग गरेको हो । 

महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको एमाले पदाधिकारीको टोलीले सोमबार प्रमुख आयुक्त दिनेश थपलियालाई दशबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै चार जिल्लाका विभिन्न केन्द्रमा पुनः मतदान र धनुषा २ र काभ्रे १ (ख) मा पुनः गणना गराउन माग गरेको हो । एमालेले सञ्चारमन्त्री एवं कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको निवेदनमा रोकिएको सुनसरी ४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको छ । १० केन्द्रमा पुनः मतदानको निर्णय भएको दोलखाका थप तीन केन्द्रमा पनि पुनः मतदान हुनुपर्ने एमालेको माग छ । कालिञ्चोक– १ बेगुम्पा मतदान केन्द्र (क) र (ख) तथा शैलुङ– २ भुसाफेदा नवीन मावि मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने उसको माग छ । अनधिकृत कब्जा तथा मतपत्रको अर्धकट्टी हराएका १० केन्द्रमा आयोगले १५ मंसिरमा पुनः मतदान गराउँदै छ । 

एमालेले स्याङ्जा २ का चापाकोट ३ दिसिङकोट आधारभूत मावि कमेरे, वडा नम्बर– ४ को राम मन्दिर मावि दार्सिङ नरसेवा, वडा नम्बर– ५ को जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभूत विद्यालय साटीमुरेका सबै मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ । त्यस्तै, एमालेले बाजुराका त्रिवेणी– २ को त्रिभुवनेश्वरी मावि, वडा नम्बर ३ को मन्टेस्वरी आधारभूत विद्यालय, वडा नम्बर ७ को नाटेश्वरी आधारभूत विद्यालय, वडा नम्बर ८ को नवदुर्गा आधारभूत विद्यालयमा पुनः मतदान हुनुपर्ने माग गरेको छ । खप्तडछेडा– २ को मालिका मावि, वडा नम्बर ४ को खापरदेवस्थली मावि, बुढीगंगा– ७ को शारदा मावि, वडा नम्बर– ४ थमा मावि, वडा नम्बर ८–  को गिरिखेल्ने आधारभूत विद्यालय, बुढीनन्दा– ७ को घटाल आधारभूत विद्यालय, वडा नम्बर ९ को हिमाली आधारभूत विद्यालय, हिमाली– ५ को बागेश्वरी आधारभूत विद्यालय र वडा नम्बर ६ को बडीमालिका माविमा पनि पुनः मतदान हुनुपर्ने एमालेले जनाएको छ । 

एमालेले उदयपुर १ का कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेको दाबी गर्दै ती स्थानमा पुनः मतदानको व्यवस्था मिलाउन माग गरेको छ । एमालेले दुई जिल्लामा पुनः मतगणनाको माग गरेको छ । धनुषा २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकाले त्यसमा पुनः मतगणना गरिनुपर्ने एमालेको माग छ । काभे्र १ (ख)मा प्रदेश सभाको मतगणना गर्दा सदर हुनुपर्ने मतलाई गणना नगरिएको दाबी गर्दै पुनः गणना गर्नुपर्ने माग गरेको छ । एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ हरेक प्रत्येक निर्वाचन क्षेत्रको मत विवरण उपलब्ध गराउन पनि माग गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मत उपलब्ध गराई कूल योगफल मिले–नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन एमालेको आग्रह छ ।

ad
ad