
नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वल्र्डकप २०२२ फाइनल’का विजेताको घोषणा गरेको छ । कम्पनीले आफ्नो तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने विजेता चयन गरेको हो ।
त्यस्तै, कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेतालाई पनि कतारका लागि बिदाइ गरेको छ । कम्पनीको ‘गोल अफ द सेन्चुरी’अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एन्ड विन, फुटबलको विश्वव्यापी अपिलमार्फत विश्वभरका मानिसलाई दिगोपनासम्बन्धी कार्यहरूमा सहभागी गराउने उद्देश्यले गरेको जनाएको छ । कार्यक्रम अवधिमा नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जोकोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए । यसरी सहभागी भएका ग्राहकमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेस्ट ड्राइभ एन्ड विन’का भाग्यशाली विजेता चुनिएको कम्पनीले जनाएको छ । दुवैजना विजेता आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेको जनाइएको छ ।
त्यसैगरी, कम्पनीले ‘रोड टु फिफा वल्र्डकप २०२२ फाइनल’का विजेता छनोट गरेको छ । अभियानमा आफ्नो नाम रजिस्टर गरेका आठ सय ८७ प्रमाणित ग्राहकमध्ये नयाँपालबहादुर पाण्डे विजेता बनेको जनाइएको छ ।
उनी विश्वकप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने कम्पनीले जनाएको छ । हुन्डाई फिफा विश्वकप–२०२२ को एक आधिकारिक प्रायोजक भएको र यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकलाई अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।