१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Saturday, 05 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७९ मङ्सिर ११ आइतबार २o:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामजानकी विवाह पञ्चमी सप्ताहमा 'मटकोर' उत्सव

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार २o:१o:oo

प्रत्येक वर्ष जनकपुरधाममा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत पाँचाैँ दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ।

तेत्रायुगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा मनाइने साताव्यापी रूपमा मनाइने रामजानकी विवाह महोत्सवअन्तर्गत आइतबार दिउँसो मटकोर कार्यक्रम सम्पन्न भएको हो। 

मिथिलाको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइने महोत्सवले नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका दर्शाउँछ। तेत्रयुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोतम राम र राजा जनककी छोरी सीता वैवाहिक सम्बन्धमा बाँधिएका थिए। 

यो महोत्सव ७ देखि १३ मंसिरसम्म चल्नेछ। आइतबार दिउँसो जानकी मन्दिरको प्रांगणबाट बाजागाजासहितको टोली बिहेको वेदी बनाउन गंगासागरमा माटो ल्याउन पुगेका थिए।

पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता–राम विवाहका लागि वेदी तयार गर्ने चलन छ। महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ भने भोलि महोत्सवको मुख्य आकर्षक मानिने स्वयंवर हुनेछ।

राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाह पञ्चमीका दिन राममन्दिरबाट जन्तीसहित भगवान रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गराइन्छ। 

त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार राति वैवाहिक कार्यक्रम र त्यसको भोलिपल्ट रामकलेवापछि महोत्सव विधिवत रूपमा सम्पन्न गरिन्छ। यस वर्षको महोत्सवमा उत्तराखण्ड सरकारका पर्यटनमन्त्री एवं अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने भएका छन्। 

यसैबीच, मधेश प्रदेश सरकारले विवाह पञ्चमीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार विवाह पञ्चमीको शुभकामना दिँदै सोमबार प्रदेशभर सार्वजनिक बिदा रहेको घोषणा गरेका हुन्। 

सप्ताहव्यापी मनाइने उक्त महोत्सवको मुख्य आकर्षण भगवान र सीताको स्वयंवर सोमबार भएकोले प्रदेश सरकारले सो अवसरमा बिदा दिएको हो।