१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोलखाका १० विवादित केन्द्रमा पुन: मतदान हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५७:oo

निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको छ। आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र ती विवादित केन्द्रमा पुन: मतदान गराउन निर्देशनसमेत दिएको छ।  

जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो। 

४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोसी, शैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो।

दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको प्रतिवेदन टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा ७ केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरिएको छ। यस्तै विवादित बनेका स्याङ्जा र बाजुराको रिपोर्ट आइनसकेकाेले ती जिल्लाबारे निर्णय नभएको प्रमुख आयुक्त थपलियाले बताए। 

 

 

ad
ad