१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर ११ आइतबार १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुर १ : परराष्ट्रमन्त्री खड्काको निर्वाचन क्षेत्रमा मतगणना रोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार १४:३४:oo

उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–१ को मत गणना रोकिएको छ। प्रत्यक्ष तर्फको प्रतिनिधिसभा निर्वाचनको करिव अन्तिम अन्तिम चरणमा रहेको अवस्थामा मत गणना रोकिएको हो।

जिल्लाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशतर्फको मतपत्र भेटिएपछि रोकिएको बताए। उनले भने, ‘प्रतिनिसभाको मतपेटीकामा प्रदेशतर्फको मत भेटिएपछि मतगणनाा रोकिएको छ,’ उनले भने, ‘अब सर्वदलीय बैठक बस्दै छ।’

प्रतिनिधिसभाको मत पेटिकमा प्रदेशको प्रत्यक्ष तर्फ २०४ मत भेटिएको उनको भनाइ छ। गणनाको ६७ हजार ८२ मतको परिणाम सार्वजनिक भईसकेको अवस्था छ।

जसमा २७ हजार ४८४ मत सहित कांग्रेसका उम्मेदबार डा. नारायण खड्का अगाडि छन् भने २५ हजार ६५९ मत सहित नेकपा एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन्।