मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १० शनिबार १३:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १३:२३:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

निर्वाचित नयाँ संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने समय नजिकिँदै गर्दा प्रमुख नेताहरुबिच भेटवार्ता बढ्दाे छ। केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले नयाँ समीकरणबारे तथा देउवाले गठबन्धनकाे निरन्तरताबारे दाहालसँग टेलिफाेनमा कुरा गरेका थिए। निर्वाचनकाे अन्तिम परिणाम आउनै लाग्दा भएकाे देउवा-दाहाल भेटवार्तालाई चासाेका साथ हेरिएकाे छ।