मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १० शनिबार ०८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिरहा २ : संघमा जसपा, प्रदेशमा एमाले र जनमत पार्टी विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १० शनिबार ०८:५९:००

सिरहा क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक भएको छ । जहाँ संघमा जनता समाजवादी पार्टी, प्रदेशमा एमाले र जनमत पार्टी विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय धनगढी जिरोमाइलका अनुसार एमालेको समेत समर्थन पाएका जसपाका राजकिशोर यादव प्रतिनिधि सभा क्षेत्र नं. २ मा एक हजार एक सय ५० मतान्तरले निर्वाचित भएका छन् । 

राजकिशोर २४ हजार एक सय ७८ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी पूर्वमन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गरिन् । तेस्रो स्थानमा जनमत पार्टीका विनोद कुमार यादवले १६ हजार नौ सय २ मत ल्याएका छन् । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत शुक्रबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सिरहा क्षेत्र नं. २, प्रदेशसभा २ (क) र (ख) मा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी विजयी भएका छन् । 

प्रदेशसभामा जनमत र एमाले विजयी

प्रदेशसभा २ (क) मा जनमत पार्टीका संजयकुमार यादव छ सय ४४ मतान्तरले प्रदेश सरकारका वर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका जसपाका विजयकुमार यादवलाई पराजित गर्दै निर्वाचित भएका छन् । संजय १२ हजार एक सय ७१ मतसहित निर्वाचित हुँदा विजयले ११ हजार पाँच सय २७ मत ल्याएका छन् । 

प्रदेशसभा २ (ख) मा एमालेका शत्रुधन प्रसाद सिंह दुई हजार सात सय ७२ अग्रतामा १३ हजार सात सय ९७ मतसहित प्रदेशसभामा निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवले १० हजार २५ मत पाएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका विनोदकुमार चौधरीले छ हजार आठ सय ५४ मत ल्याएका छन् ।