मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Thursday, 10 July, 2025
२o७९ मङ्सिर ९ शुक्रबार १६:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘आत्मसमीक्षा गर्नुपर्ने बेला आयो, विचार र सिद्धान्त हार्ने गरी कहाँनेर चुक्यौँ ?’  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १६:३२:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का प्रतिनिसधा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्वहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्। 

वाम लोकतान्त्रिक गठबन्धन गोरखाको विजयी उम्मेदवारहरुको धन्यवाद एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दलहरुलाई लक्षित गर्दै राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन्। 

देशमा आएको राजनीतिक परिवर्तन र हाल सम्म प्राप्त उपलब्धीलाई विर्सेर जनताले आवेकमा आएको बताउदै उनले भने,  ‘सिहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुगेको कुराहरुलाई मुल एजेण्डा होइन, एउटा आवेगमा देशलाई भावावेशमा आएर मानिसहरुलाई कहीँ न कहीँ भ्रमित पार्ने गरी संकेतहरु पनि देखा परे, म कसैलाई आरोप लगाउन चाहान्न, यो हाम्रो लागि चुनौती हो।’ 

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन र देशलाई विस्तृत शान्ति सम्झौतामार्फत शान्तिको नयाँ ढोका खोल्ने दलहरुलाई यो चुनौतीको रुपमा लिएको उनले बताए। 

‘यी खालका प्रवृतिलाई गाली या आलोचना गर्नुभन्दा पनि हामीले एकचोटी राजनीतिक नेतृत्वले आत्मासमीक्षा गर्नुपर्ने अवस्थाको रुपमा मैले लिएको छु,’ प्रचण्डले भने, ‘यो परिस्थितमा यदि ठुला-ठुला आन्दोलन र परिर्वतन ल्याउने राजनीतिक नेता, दल, एकचोटी आफैँभित्र फर्केर कहाँनेर कमीकमजोरी भए, जसले गर्दा विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा देखा पर्न खोज्यो।’

नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तनलाई उल्टाउन नदिने र नेपाली जनताको अधिकारको सुरक्षाको निम्ति अन्तिम समयसम्म संघर्ष गरिरहने उनले बताए। उनले भने, ‘अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन तर यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनको लागि जनताको निम्ति समर्पित हुने नीति योजना र कार्यक्रम ल्याएर अगाडि नआउने हो भने देश अप्ठारोमा पर्न सक्छ।’ 

उनले ऐतिहासिक गोरखा जिल्लाको आर्थिक समृद्धि र विकासका लागि प्रतिनिधिसभाको सदस्यहरुको रुपमा जिम्मेवारी निभाउनका लागि विजयी गरेको भन्दै गोरखावासीलाई धन्यवाद दिए। उनले गोरखा जिल्लाको प्राकृतिक र मानवीय साधन र स्रोतको सहि सदुपयोग गरेर विकासलाई गति दिने उद्देश्यका साथ काम गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे। 

मुख्य निर्वाचन अधिकृतबाट प्रतिनिधिसभा सदस्यको विजयी प्रमाणपत्र ग्रहणका लागि उनी शुक्रबार गोरखा आएका हुन्।