
उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किरातीउर्फ बासु निर्वाचित भएका छन् । किराती प्रतिद्वन्दी नेकपा एमालेका कुशलबाबु बस्नेतलाई एक हजार दुई सय मतले हराउँदै निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार निर्वाचित किरातीले जम्मा १५ हजार ९२ मत प्राप्त गरेका छन्, भने पराजित बस्नेतले १३ हजार ८ सय ९४ मत प्राप्त गरेका छन् । उनले भने, ‘निर्वाचन कार्यालयले प्रमाण पत्र दिएर औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।’
बेलका र चौदण्डीगढी नगरपालि क्षेत्र पर्ने यस प्रदेशमा कुल ३८ हजार ८५७ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८सय ७५ बदर भएको छ । किराती सोही क्षेत्रबाट २०६४ र २०७० मा गरी दुई पटक संविधान सभाको निर्वाचनमा पराजित भएका थिए ।