पश्चिम नवलपरासी २ मा राप्रपाका धुब्रबहादुर प्रधान विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

पश्चिम नवलपरासी २ मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान विजयी भएका छन् । प्रधान भारी मतअन्तरले विजयी भएका छन् । प्रधान कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार तीन सय ६५ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । 

प्रधानले ३४ हजार नौ सय ५९ मत प्राप्त गर्दा कांग्रेसका देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत प्राप्त गरे पनि नेकपा एमालेका दिपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत प्राप्त गरे । 

पश्चिम नवलपरासी १ मा कांग्रेसका उम्मेदवार एवं उद्योग पति विनोद चौधरी विजयी भएका छन् ।

सुझावित समाचार