Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार ०८:००:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

समूह विजेताको होडमा नेदरल्यान्ड्स र इक्वेडर

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०८:००:००

 इक्वेडरले आयोजक राष्ट्र कतारलाई विश्वकपको उद्घाटन खेलमा पराजित गर्दै कीर्तिमान रचेको थियो । अल बायत रंगशालामा ६७ हजार दर्शकमाझ इक्वेडरले कतारविरुद्ध २–० को सहज जित निकाल्यो । विश्वकप इतिहासमा कुनै पनि राष्ट्र उद्घाटन खेलमा पराजित भएको पहिलो घटना थियो । अर्काे खेलमा नेदरल्यान्ड्सले अफ्रिकन च्याम्पियन सेनेगललाई समान अन्तरले नै पराजित गर्‍यो । 

शुक्रबार दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुँदा नेदरल्यान्ड्स र इक्वेडरको लक्ष्य समूह विजेता बन्ने हुनेछ । खेलमा जित हात पार्ने टोलीले प्रिक्वार्टरफाइनल सम्भावना बलियो बनाउनेछ । यति मात्रै हैन, समूह विजेता बन्ने राम्रो अवसर पाउनेछ । 

फिफा वरीयतामा नेदरल्यान्ड्स राम्रो स्थानमा छ । लुइस भान गालको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स फिफा वरीयताको आठौँ स्थानमा छ । गुस्टाभो अल्फारोको इक्वेडर ४४औँ वरीयतामा छ । पहिलो खेलमा बेन्चबाट सुरु गरेका मेम्फिस डिपाए र मार्टेन डी रुन प्लेइङ सेटमा फर्कन सक्छन् । कोडी गाक्पो, फ्र्यांकिइ डी जोङ, भर्जिल भान डाइक, नाथन एके, माथिज्स डे लाइटजस्ता खेलाडीको साथ रहँदा नेदरल्यान्ड्सको मनोबल उच्च हुनेछ । पहिलो खेलमा दुई गोल गरेका इनर भ्यालेन्सियाबाट इक्वेडर ठूलो आशा गर्दछ । इनरलाई जेगसन मेन्डेज, रोमारिओ इब्रा, माइकल एस्ट्राडाजस्ता खेलाडीले साथ दिनेछन् ।