मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २४ बुधबार
  • Wednesday, 07 June, 2023
नयाँ पत्रिका डडेलधुरा
२०७९ मङ्सिर ८ बिहीबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुराको प्रदेश सभामा माओवादी र स्वतन्त्र उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेलधुरा
२०७९ मङ्सिर ८ बिहीबार १४:००:००

डडेलधुराको प्रदेश सभामा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा १ मा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्। उनले पूर्व प्रदेश मन्त्रीसमेत रहेका नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतले पराजित गरे। बोहराले ९ हजार १९५ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन्। २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भएको छ। भट्ट प्रदेश सभामा विजयी भएसँगै मुख्यमन्त्री बन्नका लागि बाटो खुलेको छ। उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन्।

डडेलधुराको प्रदेश सभा २ मा भने स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनी ११ हजार १७० मत ल्याउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

जोशीले सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरे। बोहराले १० हजार ६९० मत पाए। ०७४ सालको निर्वाचनमा यहाँ कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए।