मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार १०:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङ २ बाट एमालेका शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १०:५२:००

दाङ क्षेत्र नं. २ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छिन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।

माओवादीकी रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरि प्रतिनिधिसभामा विजयी भइन् । यसैगरी एमालेका उम्मेदवार शंकर पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भएका छन् । रेखाले १९६ मत अन्तरले पोखरेलाई पराजित गरिन् ।