मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटको गौरमा आगलागी तीन बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:२९:००

गएराती रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागी हुँदा रूकसाना खातुन,,ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो ।

गौर नगरपालिका १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । यो पसल गौर नगरपालिका १ मा रहेको थियो ।घाइते ३ जनाको सदरमुकाम गौर स्थित प्रदेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुली सटभएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।घटनाको थप जानकारी आउन बाँकी छ ।